मञ्जु माया मोक्तानलाई ३००,१६० (तीन लाख एक सय साठी) रुपैयाँ प्रदान।


कार्तिक,२७ गते शनिबार, भक्तपुर । मञ्जु मोक्तान बचाउ ,सहयोगार्थ बृहत साँस्कृतिक धमाका(concert)-2073 बाट ३००,१६० रुपैया  रकम  बिरामी मञ्जु माया मोक्तान प्रदान गरिएको छ।

एक्टिभ अार्टिस ग्रुप नेपालले  तलेजु बैंक्वेट ,राम मन्दिर  सुर्यबिनायक भक्तपुर गरिएको साँस्कृतिक कार्यक्रममा समस्य बिहिन संस्थाको अध्यक्ष एंव समाजसेवी सत्य मान लामाको प्रमुख अतिथिमा भएको थियोे।बिशेष अतिथि साहित्यकार  समाजसेवी बिकु लामा,अतिथि चर्चित खलनायक बिकु थोकर, कुमार स्याङबा, दिर्गा लाल तामाङ, लगाएत अन्य अतिथिहरुको उपस्थिति रहेको थियो।बृहत साँस्कृतिक धमाकामा चर्चित कलाकारहरु बिजय लामा,बिश्व दोङ, बिशाल काल्तान, सजिब बाईवा,निमा दोङ,शुक्र दोङ,कुमार तामाङ,जितु लोप्चन, टेक घिसिङ, जिग्मे छ्योकी घिसिङ, श्याम पाख्रिन साथै चर्चित खलनायक बिकु थोकर लगाएत अन्य  कलाकारहरुले प्रस्तुति राखिएको थियो ।

नृत्य तर्फ सरस्वती कला केन्द्र,पिपुल्स कला केन्द्र, बिहानी कला केन्द्रबाट अा अाफ्नो सांगीतिक नृत्य  प्रस्तुति राखिएको थियो भने मञ्जु माया मोक्तानलाई सहयोगार्थ गरिएको कार्यक्रममा समाजसेवी तथा प्रमुख अतिथिले १,१००,००/- एकलाख दशहजार, खलनायक बिकु थोकरलेरु २१,०००/- एक्काईस हजार, समाजसेवी जेनिस दोङले रु १०,०००/-दशहजार र विभिन्न संघ संस्था,ब्यक्तिबाट उठाएको रकम रु ३००,१६०/- तीन लाख एकसय साठी रुपैयाँ उठाएका छन। कार्यक्रम एक्टिभ अार्टिस ग्रुपका संयोजक प्रयास दोङको सभापतिमा सम्पन्न भएको थियो भन्ने कार्यक्रम सञ्चालन हिरा लाल दोङ,र सुदिन लामा साथ मिक्साङ बाईवाले गरिएको थिए।

Share on Google Plus

About Nepali Google Boy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment