जीएम लोप्चान
आज काभ्रेको नमोवुद्ध स्तुप्पामा तामाङ समुदायको सहभागीतामा कातिक पुर्णेमा नमोबुद्ध जात्रा (बृहत भेला) हुने गर्दछ । जहाँ मृत आत्माको चिर शान्तिको कामना गरि मृतकको आफन्तजनहरुले लामा गुरु पुरेतबाट पुजापाठ गरि लाख वा एक सय आठ वा बिजोर नाङ्सलमा बत्ती बाली सम्झना र कामना गर्दछन । यस भेला वा जात्रालाई कातिक ग्याह नमोबुद्ध जात्रा पनि भन्दोरहेछ ।
नमोबुद्ध काठमाडौ राजधानी देखि ३७ किलो मीटरको दूरीमा अवस्थित छ । उक्त जात्रामा उहिले उहिले त्यस क्षेत्रवरीपरीको तामाङसमुदायको युव-युवती अर्थात (ब्योन छामे ) तामाङ दोहोरी फपार व्होई गाउँथ्यो । जस्तै स्याम्पटि चौर दाप्चा, चिन्डे,फुलवारी,कुरगाउँ,भाकुण्डे,पागुस्योङ वरीपरी शिखरपागु ,खहरेपागु ,महादेवटार खाक्सी पिपलटार ,गहते तलतिर रोसी तेमाल भेगको तामाङहरू लगायत काभ्रेजिल्ला वरीपरी जोडेको जिल्ला जस्तै रामेछाम,सिन्धुली,सिन्दुपल्चोक, काठमाडौको तामाङहरु नमोबुद्ध जात्रामा जाने गर्छ भने भक्तपुर पटान कीर्तिपुर दक्षिणकली काठमाडौको न्यवार समुदाय पनि नमोबुद्धलाई आफ्नो कुल देउता मान्दछन भने कातिक पुर्णेमा मेलामा गएर पूजा बत्ती बाल्न गर्दछ नमोबुद्धजात्रामा अर्थात कातिक पुर्णेमाको दिन ।
हल नमोबुद्धमा भिबिन्न देशको बौद्धधर्म लम्बिहरुको उपस्थित हुनेगर्दछ जस्तै टिब्यट,चीन,भारत,वर्म,भुटान,सिकिम दार्जलिङ देखि पनि नमोबुद्धमा दर्सन गर्ने पुगेको पाइन्छ भने काभ्रे वास्तवमा इतिहासदेखि अहिलेसम्म तामाङ जातिको आदिम भुमि ताम्सालिङ भन्ने गरेको प्रदेश/भुमि/ क्षेत्र/राज्य/स्थानको हो र तामाङ जाति लगायत अन्य जातजातिको पनि उपस्थित हुने भएकाले पर्यटकको गन्तव्य भनेको छ काभ्रेको नमोबुद्ध । आज कातिक पुर्णेमा अर्थात नमोबुद्धजात्राको शुभ अवसरमा तामाङसमुदाय लगायत सबैमा जातजातिमा सुख ,शान्ति, सुस्वास्थ्य, दिर्घायु, स्मृति र समृद्ध नेपालको शुभकामना व्यक्त गर्दछौं ।

0 comments:
Post a Comment