अबको संबिधान संसोधनमा साउदी अरब र छिमिकी मुलुक चीनमा जस्तै कानुन पारित गर्नु आवश्यक !


जी एम लोप्चन 
हाम्रो मुलुकमा पनि साउदी अरब र छिमिकी राष्ट्र चीनको जस्तो कानुनको व्यस्था आवश्यक छ । केही दिन आगडि एक व्यक्तिको हत्याको आरोपमा साउदी अरबको राजकुमारलाई फाँसीको सजाय दिएको थिए । कानुनले ठूलासाना कोही भन्दैन अपराध पुस्टि भएमा सबैलाई निष्पक्षता कारबाही हुनुपर्दछ । अनि मात्र मुलकमा सुशासन कायम रहन्छन । हाम्रै छिमेकी राष्ट्र गणत्रान्त चीनमा पनि भ्रष्ट्राचारको आरोप प्रमाण सहित पुस्टि भएमा फाँसीको सजाय हुन्छ । तेसैले आज छिमेकी राष्ट्र गणत्रान्त चीन विश्वको धनी विकशित राष्ट्र भनेर चिनिएको छ ।

हाम्रो देशमा त आपराध गर्नेलाई कडा कारबाहीको व्यस्था नहुदा अपराध नै होईन जस्तै गरी निर्धक्क भएर हिड्छन । मुलुकको संविधान (कानुन) ले नै अपराधलाई उत्प्रेरित गरेको देख्छु । किन भने यो मुलुकमा बलत्कार , अपरहण , हत्या ,भ्रष्ट्रचार गर्नेहरू केही महिना जेल सजायको भागिदार मात्र हो । 

अब यो मुलुकी एन सम्बिधान सम्शोधन गर्दा संविधानमा प्रस्ट पार्नु पर्यो । बलत्कार, अपरहण, हत्या र भ्रष्ट्रचारलाई एक जघन्य अपराधमा सुचिकृत हुन जरुरी छ । जस्तै बलत्कार अपरहण हत्या भ्रस्टाचारीको बिरुद्धमा "फाँसी" को सजाय दिनुपर्छ । अनि मात्र मुलुकमा सुशासन कायम हुन्छ भने यस्तो जघन्य आपराधिक गर्नहरू पहिले आफ्नो अमूल्य जीवनको ख्याल गर्नेछन गलत गतिविधि गर्दैन । नत्र भने "काग कराउदै गर्छ पिना सुक्दै गर्छ" ठूलालाई चयन छ यो मुलुक सानुलाई मात्र ऐन । 



Share on Google Plus

About Nepali Google Boy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment