काभ्रेका धनाढ्य जुजुकाजी शाक्य ४ छोरी र श्रीमती अमेरिकामा l आफु डेबिडफलमा हाम फाली आत्मा हत्या l

पाेखरा, २४ चैत्र:
JuJu kaji1
डेभिज फलमा शनिबार हाम फालेर ज्यान गुमाउने काभ्रेका धनाढ्य जुजुकाजी शाक्य रहेको पुष्टी भएको छ । बनेपा–९ का ५६ वर्षीय जुजुकाजी बनेपाकै शाक्य वाच सप सञ्चालक हुन् । रेयुकाई आँखा अस्पतालका उपाध्यक्ष समेत रहेका उनी नाम चलेका दर्जनाै संघ संस्थामा आवद्ध थिए ।
४ छोरी र पत्नी अमेरिका भएकाले उनी बनेपामा एक्लै बस्दै आएका थिए । २÷३ महिना देखि उनी निकै चिन्तित देखिएको उनका एक आफन्तले बताए । ‘केही महिना यता उनी उदास देखिन्थे,’ आफन्तले टेलिफोनमा भने, ‘सायद सबै परिवार विदेश भएको हुनाले हुनसक्छ ।’
चैत २० गते शनिबार ११ बजे उनी बनेपाबाट हिडेका थिए । तर कहाँ जाने भनेर उनले कसैलाई भनेका थिएनन् । शनिबार साँझ करिब साढे ४ बजेतिर शाक्य पोखरा आएर डेभिज फलमा पुगेका थिए । त्यहाँ आएर उनले छाँगो हेर्ने भन्दै टिकट काटे अनि भित्र प्रवेश गरे । केही बेर भित्र समय बिताए अनि बाहिर आए । केही मिनेट बाहिर डुलेर उनले पुनः भित्र प्रवेश गर्न टिकट काटे ।
करिब ५ बजेतिर उनले छाँगो वरपर लगाइएको फलामे बार नाघेर ढिलमा पुगे । त्यहाँ रहेका पर्यटकले फोटो खिच्न होला भनेर त्यो दृष्यलाई सामान्य लिए । तर, उनको छेउछाउ अगाडि पछाडि कोही नदेखिएपछि केही गडबड छ भन्ने उनीहरुले अड्कल काटिहाले । नभन्दै शाक्यले त्यहाँबाट हामफाले ।
हामफालेका शाक्य छाँगोको बीचमा रहेको सानो ढिस्कोमा अड्किए । त्यहाँ रहेका पर्यटकले गुहार माग्न थालिसकेका थिए । शाक्यले केही सेकेन्डमै फेरि त्यहाँबाट पनि तल हामफाले ।
त्यसपछि प्रत्यक्षदर्शीले टिकट काउन्टरमा खबर गरे । खबर प्रहरीकोमा पनि पुग्यो । त्यस पछि क्षेत्रीय प्रहरी गण र बैदाम प्रहरी टोली उद्धारको लागि तत्काल खटियो । टोलीले त्यहाँबाट शाक्यको शव निकाल्यो ।
त्यसपछि प्रहरीले शव खानतलास गर्दा नगद १६ हजार ५ सय ६० रुपैयाँ र दुईवटा टिकटको अर्धकट्टी फेला पार्‍यो । उनको दाहिने हातखुट्टा भाँच्चिएको र निधारमा गहिरो चोट देखियो । उनको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।
शाक्यको फोटोबाट पहिचान भएको तर आफन्त अझै नआइ पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी गजुसिद्धि बज्राचार्यले बताए । ‘शव शाक्यकै हो भनेर हामीलाई खबर आएको छ,’ उनले भने, ‘हामीले फोटो पठाइदिएका थियाै, आफन्तले उनकै हो भनेका छन् ।’ उनका आफन्त बुधबार पोखरा आउने डिएसपी बज्राचार्यले बताए ।
साभार SAMADHANNEWS .COM
Share on Google Plus

About Anonymous

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment