सिन्दुपाल्चोकमा भिषण आगलागी l घर, अन्न, गाइ, भैसी, बाख्रा सबै नष्ट l सुकमान योञ्जनको सहयोगको अपिल

सहयोगको लागी याचना..........
देश बिदेशमा रहनु भएका सम्पुर्ण आदरणीय दाजुभाइ तथा दिदिबहिनीहरु सबैलाई म सुकमान योन्जनको तर्फबाट ल्हासो फ्याफुल्ला ।
मेरो घर सिन्धुपाल्चोक जिल्ला, ठुलो धादिङ गा.वि.स वडा नं-४ दुम्सिङगलमा हो । गत चैत महिनाको ९ गतेका दिन करिब बिहान १०:४५ बजेतिर अचानक मेरो घरमा आगलागी हुँदा केही पनि बाकी नभइ सबै धनमाल नस्ट भएको छ । अहिले मेरो परिवार आफन्तहरु कहाँ गएर बास बस्न बाध्य भएका छौ । आगलागी कसरी भयो भन्ने कुरा अहिलेसम्म पत्ता लगाउन सकेको छैन । यतिबेला खानलाई अन्न, पिउनलाई पानी अनि दैनिक गुजारा गर्नको लागि केही सरसामान नभएको अवस्था छ । बिजोगले बाँचिरहेका छौ । गत बर्षको महा भुकम्पले गर्दा घरमा बस्न र समानहरु राख्न नमिल्ने भएर सबै टहरामा राखेका थियौं । अहिले त्यो पनि आगलागी भएका कारण सबै नस्ट भयो । अहिले सम्पत्तिको नाममा जीउमा लगाएको कपडा बाहेक अरु केही छैन । त्यसैले तपाईंहरु समक्ष सहयोगको अपिल गर्दै मेरो यो निवेदन पेश गर्दछु ।


Share on Google Plus

About Anonymous

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment