काठमाडौं, फागुन २९ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधान अपुरो भएकाले त्यसका लागि अझै संघर्ष आवश्यक रहेको बताएका छन् ।
एकीकृत अखिल नेपाल शिक्षक संगठन र अखिल नेपाल प्रगतिशील शिक्षक संगठनले शनिबार संयुक्तरुपमा राजधानीमा गरेको कार्यक्रममा अध्यक्ष दाहालले संविधानलाई पूर्णता दिन संघर्ष जरुरी रहेको बताएका हुन् ।
उनले अहिलेको संविधान कार्यान्वयन नभए कागजको खोस्टोमा परिणत हुने भन्दै केही ठूला दलका नेताले धर्मनिरपेक्षता र संघयीताकोविरुद्ध बोलेकाले संविधानमाथि षड्यन्त्र हुन थालेकाले सजग हुनपनि आग्रह गरे ।
अहिलेको राजनीति सम्झौतामा चलेको भन्दै उनले यसलाई पूरा गर्न क्रान्ति आवश्यक रहेको बताए ।
उनले माओवादी छिटोभन्दा छिटो एक नभए प्राप्त उपलब्धि गुम्ने भन्दै त्यसपछि पछुताउनुबाहेकको विकल्प नहुने बताए
अर्को एक प्रसंगमा अध्यक्ष दाहालले वर्तमान सरकारले जनताको काम गर्न नसकेको, कालोबजारी मौलाएको भन्दै असन्तुष्टि व्यक्त गरे ।
उनले नेपाल–भारत असल छिमेकी भएकाले भारतसँगको मित्रतालाई उचित स्थानमा राखेर अगाडि बढ्नुपर्ने बताए ।
राष्ट्रिय स्वाधीनता अहिलेको मुख्य एजेन्डा भएको भन्दै उनले राष्ट्रिय स्वाधीनताको पक्षमा एकजुट हुनपनि आह्वान गरे ।
हेर्नुस भिडियो सहित

0 comments:
Post a Comment